शैक्षिक गुणस्तर सुधार गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रोत तहको शिक्षा प्रदान गरिरहेका सामुदायिक क्याम्पसहरूलाई शैक्षिक गुणस्तर सुधार गर्ने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिएका छन् ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका मुख्यमन्त्री आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको बताए ।
उनले गुणस्तर सुधार गर्न योजना निर्माण गरेर लाग्न निर्देशन समेत दिएका छन् । देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न शिक्षा दिँदै पढाएको गुणस्तर सुधार गर्नुपर्ने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणको लागि आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट क्याम्पसको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सोही भवनमा तला थप्न र कक्षा कोठा निर्माण गर्न विश्व विद्यालय अनुदान आयोगबाट समेत ४६ लाख ७१ हजार बजेट प्राप्त भएको थियो । क्याम्पस प्रमुख विष्णु भट्टराईले प्रदेश सरकारले पूर्वाधारको जग बसाल्ने काम भएको भन्दै यहाँका दानदाताहरूको थप सहयोगले भवनलाई सम्पन्न गरेको बताए ।
वि.सं. २०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी क्याम्पस सञ्चालनमा आएको थियो । क्याम्पसको भौतिक पूर्वाधार सुधारका लागि महायज्ञ समेत आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’