सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने
काठमाडौँ । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका १३ वटै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको हो । त्यसका लागि १३ वटै विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीहरूसँग असोजको पहिलो हप्ता बैठक डाकिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले सबै विश्वविद्यालयमा एउटै खालका शैक्षिक क्यालेन्डर लागू गर्न लागेको बताइन् । असोजको पहिलो साता सबै उपकुलपतिहरूलाई बोलाएर यो विषयमा छलफल गर्न लागिएको उनको भनाइ छ ।
‘हाम्रा विश्वविद्यालयमा फरक फरक समयमा पठनपाठन हुने, फरक समयमा परीक्षा हुने, नतिजा पनि फरक समयमा हुने गरेका छन् । जसले गर्दा विद्यार्थीहरू मर्कामा परिरहेका छन् । अब १३ वटै विश्वविद्यालयका लागि नेशनल क्यालेन्डर बनाएर अघि बढ्छौँ,’ मन्त्री भट्टराईले भनिन् ।
विश्वविद्यालयका विषयमा नकारात्मक धारणा फैलाउने काम भइरहेको बताउँदै उनले विश्वविद्यालयमा पढ्ने भन्दा गुण्डागर्दीतिर लाग्ने गरेको बताइन् ।
विश्वविद्यालयमा देखिएका तमाम समस्या समाधानका लागि शिक्षा मन्त्रालय र आफू निरन्तर रूपमा लागिरहेको उनको भनाइ छ । विश्वविद्यालयको अवस्था सुधार नहुँदा विद्यार्थीहरू विदेश पलायन हुने समस्या देखिएको बताउँदै त्यसका लागि विद्यमान समस्याको समाधानतिर लागेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण