विश्व फुटबलमा रोनाल्डोको अर्को कीर्तिमान
काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । ३९ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो सक्रिय खेलजीवनमा नौ सय गोलको कोषेढुंगा पार गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
नेशन्स लिग फुटबलको शुक्रबार बिहान सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो । उक्त खेलमा पोर्चुगलको जितमा स्टार स्ट्राइकर रोनाल्डोले पनि एक गोल गरेका हुन् ।
त्योसँगै रोनाल्डो नौ सय गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । क्रोएसियाविरुद्धको खेलमा सुरुआती अग्रता पनि पोर्चुगलले नै लिएको थियो । पोर्चुगलका लागि पहिलो गोल सातौँ मिनेटमा डिएगो डालोटले गरेका थिए ।
निर्धारित समयको ३४औँ मिनेटमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा चार मिनेटअघि पोर्चुगलका डिएगो डालोटबाट आत्मघाती गोल भएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।
रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । उनले पोर्चुगलका लागि गरेको गोल सङ्ख्यामा एक सय ३१ पुगेको छ । क्रोएसियाविरुद्धको खेलमा गोल गरेपछि रोनाल्डोले आफ्नो चिर–परिचित शैलीमा खुसीयाली मनाएका थिए ।
राष्ट्रिय टोली र विभिन्न क्लबमा गरेको गोललाई मिलाएर रोनाल्डोको गोल सङ्ख्या नौ सय पुगेको हो । उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्ट्स र अल नासरबाट व्यावसायिक फुटबल खेल्दै यी गोल गरेका हुन् । उनी हाल साउदी क्लब अल नासरमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी
-
यस विश्वकपमा कति छ पुरस्कार राशि? विजेता टोलीले कति पाउँछ ?
-
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
-
दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्, त्यो त रेडिमेड कथा मात्र हो : अध्यक्ष ओली
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको लर्को
-
ओली भन्छन्– कसैलाई नसमाति अडिन नसक्ने पार्टी एमाले होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण