एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा
काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्ने एनसेलले जनाएको छ ।
प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् । साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइट..... लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको कम्पनीले जनाएको छ ।
“एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं ।
यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,” एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, “सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण