डेंगु सङ्क्रमण बढेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान
बुटवल । रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर(सर्च एण्ड डिस्ट्राेय) अभियान सञ्चालन गरिएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो ।
रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु सङ्क्रमण भेटिएको छ । सङ्क्रमण फैलँदै गएपछि स्थानीय तहमा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले बताए ।
डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधि, आमा समूह, विभिन्न क्लबहरू, विद्यालयका प्रतिनिधि र सरोकारवालाहरू खोज र नष्ट गर अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
डेंगु सङ्क्रमण भेटिएपछि सम्भावित ठाउँको पहिचान गरी सरसफाइ गर्न थालिएको छ । वर्षातका कारण पानी जमेका ठाउँ सफा गरिएको छ।
सूचना अधिकारी शर्माका अनुसार थप वर्षात भएपछि सफा पानी जमेका स्थानमा डेंगुको लार्भा हुर्किने र त्यसबाट सङ्क्रमण फैलिन सक्ने भएकाले त्यस्ता ठाउँलाई बढी निगरानी गरिएको छ । सङ्क्रमण ह्वात्तै फैलिने सक्ने सम्भावना रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण