पोखराका २ इन्जिनियर भ्रष्टाचारी ठहर: ८ महिना कैद र १ लाख ७५ हजार जरिवाना
पोखरा । पोखराका इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजाय सुनाइएको छ । उनीहरूको सेटिङ मिलाइदिने गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज कुँवरलाई आधा सजाय तोकिएको छ । उनलाई ४ महिना कैद र ८७ हजार ५ सय जरिवाना तोकिएको हो ।
घर सम्पन्नको प्रमाणपत्र लिने क्रममा घरधनीसँग घुस मागेपछि कुँवर र रोकायालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो । घरधनीले सुरुमा २ लाख बुझाएर पछि डेढ लाख बुझाउने क्रममा अख्तियारलाई खबर गरेका हुन् ।
विशेष अदालतका खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो । घरधनी पोखरा १० का केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले अदालतमा मुद्दा दायर भएपछि बयान फेरेको भन्दै अर्को मुद्दा पनि दायर गरिएको थियो । उक्त मुद्दामा भने उनीहरू दोषी प्रमाणित भएनन् ।
कुँवर र रोकायालाई पक्राउ गरेर बयान लिँदा बराल पनि तानिएका हुन् । उनले सुरुमा पाएको २ लाख बैंकमा जम्मा गरेका थिए । अनुसन्धानका क्रममा २ लाख घुस बरालले लिएको पुष्टि भएपछि बैंकबाट उक्त रकम जफत गरिएको थियो । लिइसकेको घुस भने उजुरी कर्तालाई भराइदिने आदेश अदालतबाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण