देगु तलेजुको पुनःनिर्माण सम्पन्न
आइतबार, २३ भदौ २०८१, ११ : ०२
ललितपुर । २३ नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए ।
भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।”
ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले रु १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छभने केही निर्माणाधीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण