लुम्बिनीको विकासका लागि पर्यटन आधार स्तम्भ हो : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको विकासका लागि पर्यटन क्षेत्र आधार स्तम्भको रूपमा रहेको भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको बताएका हुन् ।
उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्ने गरी बृहत् योजना निर्माण गर्न थालिएको बताए । उनले लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सकिने योजना सुनाए ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरबार संग्रालय, रुरु क्षेत्र, रेसुंगा, छत्र महाराज, बल्कोट, सुपा देउराली, स्वर्गद्वारी, रोल्पाको युद्ध संग्रालय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारा पानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्ने गरी पर्यटन सर्किट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको उनले बताए । जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका होटेलका विल मन्त्रालयमा पेस नगरिने उनले बताए । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरूको सेवा सुविधा खारेज गरिएको उनले जानकारी दिए । केही दिन अगाडि लुम्बिनी प्रदेशमा पूर्वविशिष्टहरूले प्रयोग गरेको सवारी फिर्ता लिने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण