काठमाडौँमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । अपेक्षाअनुसार नै आइतबार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेस सोलुसन प्रालिले जानकारी दिएको हो ।
करिब २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए ।
प्रदर्शनीमा नेपाली ग्राहकहरूले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाइन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ । प्रबन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नवीकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरूलाई समावेश गर्ने योजना तय गरिएको पनि बताए ।
उनले भने, ‘हिजो साँझसम्म करिब १८ हजार जनाले अवलोकन गर्नुभएको थियो । हामीले जुन अपेक्षा राखेका थियौँ २५ देखि ३० हजारसम्मले अवलोकन गर्नेछन् भनेर । त्यो चाहीँ पूरा भएको छ । यो प्रदर्शनी हामीले सोचेजस्तै सक्सेसफुल हुन गयो । नवीकरणीय ऊर्जालाई पनि समावेश गरेर चौथो संस्करण आयोजना गर्नेछौँ ।’
एकै छानामुनि अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरूबारे जानकारी पाउन मेला महत्त्वपूर्ण भएको अवलोकन कर्ताहरूले बताएका थिए । प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरूका सामानहरूको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण