कक्षा कोठामा पानी पस्दा विद्यार्थी चौरमा पढ्न बाध्य
हुम्ला । शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी आज चौरमा पढ्न बाध्य भएका छन् ।
कक्षा १, ३ र ५ का ऐच्छिक विषय पढ्ने विद्यार्थीलाई आज चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए । राति आएको वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको उनले जानकारी दिए । वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ । “हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । यस विषयमा स्थानीय सिमकोट गाउँपालिकाको ध्यानाकर्षसमेत गराइएको छ । राती पानी पर्दा कक्षाकोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा बजारको होहल्लाले समस्या हुने गरेको छ”, प्रधानाध्यापक रोकायाले भने ।
यस्तै, सिमकोट गाउँपालिका–७ जबुका गाउँस्थित डाँडाफयाको खेल बस्तीदेखि औल बस्तीसम्म आवतजावत गर्ने जबुका खोलाको बाटो अवरुद्ध हुँदा समस्या भएको स्थानीयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण