बर्दियामा पहिचान नखुलेका पुरुषको शव भेटियो
सोमबार, २४ भदौ २०८१, २२ : ३१

गुलरिया । बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
पाँच फिट पाँच ईन्च उचाइ भएको, सडीगली अनुहार नचिनिने अवस्थाको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
शव जिल्ला अस्पताल गुलरियामा राखिएको छ । मृतकको शव चिन्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा खबर गर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन