गाउँपालिका अध्यक्ष बसे रिले अनशनमा
नवलपरासी। हुलाकी सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै जनप्रतिनिधि नै रिले अनशन बसेका छन् । ठेकदार कम्पनी र सङ्घीय सरकारलाई दबाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितका जनप्रतिनिधिहरू आजदेखि रिले अनशनमा बसेका हुन् ।
रिले आनसन गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा संविधान सभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरू र स्थानीय जनताहरू बसेका छन्।
नारायण चोकदेखि त्रिवेणीसम्मको करिब १५ किलोमिटर हुलाकी सडक ठेकदारले समयमा निर्माण कार्य सम्पन्न नगरेकाले स्थानीय यात्रीहरूले वर्षामा हिलो र घाममा धुलोको मार खेपी रहेका छन् । ठेकदारले ६ वर्षमा पनि हुलाकी सडक निर्माण गर्न नसकेको र निर्माण कार्यमा चरम ढिलाइले यो बाटो अलपत्र परेकाले दबाबका लागि आफूहरूले रिले अनसन थालेको अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण