गाउँपालिका अध्यक्ष बसे रिले अनशनमा

नवलपरासी। हुलाकी सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै जनप्रतिनिधि नै रिले अनशन बसेका छन् । ठेकदार कम्पनी र सङ्घीय सरकारलाई दबाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितका जनप्रतिनिधिहरू आजदेखि रिले अनशनमा बसेका हुन् ।
रिले आनसन गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा संविधान सभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरू र स्थानीय जनताहरू बसेका छन्।
नारायण चोकदेखि त्रिवेणीसम्मको करिब १५ किलोमिटर हुलाकी सडक ठेकदारले समयमा निर्माण कार्य सम्पन्न नगरेकाले स्थानीय यात्रीहरूले वर्षामा हिलो र घाममा धुलोको मार खेपी रहेका छन् । ठेकदारले ६ वर्षमा पनि हुलाकी सडक निर्माण गर्न नसकेको र निर्माण कार्यमा चरम ढिलाइले यो बाटो अलपत्र परेकाले दबाबका लागि आफूहरूले रिले अनसन थालेको अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज