राष्ट्रिय सभा बैठक : बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
मङ्गलबार, २५ भदौ २०८१, १३ : ३६
काठमाडौँ । राष्ट्रिय सभामा सांसदहरूले बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका सांसद माया प्रसाद शर्माले यही भदौ २२ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा पहिरो जाँदा मानबहादुर चलाउने र उनकी श्रीमती प्रेम कुमारी चलाउनेको निधन भएको र ११ वर्षकी छोरी सम्झना चलाउने घाइते भएको जानकारी गराए ।
जाजरकोट कै नलगाड ३ मा ११ वर्षे बालक महान थापा खोलामा बगेर निधन भएको जानकारी गराए । भूकम्प गएको एक वर्ष पुग्दा पनि जाजरकोटमा पुनर्निर्माण नभएकोमा ध्यानाकर्षण गराए ।
यस्तै सांसद कृष्णबहादुर रोकायले रुकुम पश्चिमको सिमानामा पर्ने मध्येपहाडी सडक अन्तर्गतको खोला तर्ने क्रममा मोटरसाइकल सहित निर्मला केसी थापा र सर्जन थापाको निधन भएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण