‘गधा’ शब्द संसद्को रेकर्डबाट हटाउन रामहरि खतिवडाको माग, तर सभामुखले मानेनन्
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गधा शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा गधा शब्द प्रयोग भएकोमा उनले आपत्ति जनाए ।
माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले आफ्नो भनाई राख्ने क्रममा सत्ता पक्षमा हुँदा एउटा बोली हुने र विपक्षमा हुँदा अर्को बोली हुने व्यवहार हटाउनुपर्ने बताएका थिए ।
सांसद घर्तीले सरकारलाई लक्षित गर्दै एउटा कथा सुनाए, स्यालको बिहेमा गधा र उँटको बाजाबारे । उनले भने,‘स्यालको बिहेमा बाजा बजिरहेको रहेछ, गधाले गीत गाएछ, उँटपनि त्यहाँ आएर नाचेछ । गधाले भनेछ–‘वाह क्या रूप छ तपाईँको त, अति सुन्दर भनेर उँटको प्रशंसा गरेछ । उँटले पनि गधालाई भनेछ, वाह तपाईँको पनि क्या राम्रो स्वर’ । अहिलेको सरकार पनि त्यस्तै, न गधाको राम्रो स्वर हुन्छ, न उँटको कुनै रूप हुन्छ । त्यस्तै हो ।’
सांसद घर्तीले विपक्षमा हुँदा एउटा कुरा गर्ने व्यक्ति प्रधानमन्त्री भएपछि आडम्बरी शैलीमा अर्को कुरा गरेको नसुहाउने बताए । उनले उपसभामुख भएको एक महिनापछि इन्दिरा रानाले दूतावासलाई पत्र लेखेको बेलामा एमाले र त्यसपछि कांग्रेस पनि सत्तामा रहेको बताए । त्यतिबेला चाहिँ राष्ट्रको शिर ननिहुरिने तर अहिले दुई तिहाइको दम्भ भएपछि निहुरिने भन्दै प्रश्न गरेका थिए ।
सांसद घर्तीले संसदमा गधा शब्द प्रयोग गरेको र त्यो गैरसंसदीय शब्द भनेर खतिवडाले आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरे । खतिवडाले भने,‘आफू सरकारमा हुँदा गाई हुने, अरू सरकारमा हुँदा गधा हुने, यो गधा भन्ने शब्द अहिले संसद्को रेकर्डबाट हटाइयोस् । संसदीय मर्यादा विपरीत छ । कथामा गाई कहाँ छ, गधा कहाँ छ हेरौँला तर यो गधा शब्द संसदीय शब्द हैन, त्यसैले हटाइहालौँ ।’
तर सभामुख देवराज घिमिरेले सांसद घर्तीले कुनै व्यक्तिलाई लक्षित नगरी प्रतीकको रूपमा आएकोले शब्द शब्दमा झगडा नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज शारदिय नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
-
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
-
झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना
-
मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान
-
डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?