अर्घाखाँचीमा जिप दुर्घटना, एक जनाको मृत्यु (अपडेट)
बुधबार, २६ भदौ २०८१, १३ : ४६
अर्घाखाँची । अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बुधवार गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची डीएसपी प्रतीकसिंह राठौरले रातोपाटीलाई बताए ।
घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइँदै छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण