नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको जनाएको छ। कम्पनीका अनुसार यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश छन्।
कम्पनीले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ओरा ५ ईभी सार्वजनिक गरिएको जनाएको छ। यसले सुरक्षित, स्मार्ट र दिगो यातायातको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार गाडीले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा उपलब्ध छन्।

सुरक्षातर्फ, ओरा ५ ईभीले ५-स्टार एएनक्याप तथा ५-स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर समावेश छन्। साथै लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन लगायतका सुरक्षा प्रविधि पनि उपलब्ध छन्। गाडीमा सामान राख्नका लागि ३३ वटा स्टोरेज स्पेस रहेको कम्पनीले जनाएको छ।
जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको र हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको कम्पनीको दाबी छ। ३५ वर्षभन्दा लामो अनुभव, अनुसन्धान तथा विकासमा गरिएको लगानी र उत्पादन गुणस्तरका कारण जीडब्लुएम विश्वका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एक बनेको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई ध्यानमा राख्दै विश्वस्तरीय प्रविधि, सुरक्षा र प्रिमियम अनुभव नेपाली ग्राहकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। ओरा ५ ईभीले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास कम्पनीको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण