झापामा पूर्वराजा र राप्रपा अध्यक्षबिच भेटवार्ता
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच झापामा भेटवार्ता भएको छ । केही दिनअघि झापा पुगेका पूर्वराजा शाहलाई भेट्न बुधबार राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेका हुन् ।
लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष लिङ्देन निकट स्रोतले भेटवार्ता भएपनि छलफलको विषयमा विस्तृतमा खुलाउन चाहेन ।
अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र मंगलबार विर्तामोडमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार पूर्वराजालाई भेट्न पुगेका थिए ।
कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको, संविधान संशोधनको विषय उठ्न थालेको र देशमा आन्दोलनको माहौल बन्दै गएको सन्दर्भमा राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर उठाउँदै आएको दल राप्रपाका अध्यक्ष र पूर्व राजाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राप्रपाले राजसंस्था पुनःस्थापनाका अलावा हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ । यस्तै सो पार्टीले विभिन्न ४० बुँदे माग राखेर आन्दोलनको कार्यक्रम समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण