इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अस्ट्रेलिया २८ रनले विजयी
काठमाडौँ । अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अस्ट्रेलियाले १८० रनको लक्ष्यदिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो ।
टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।
उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए । यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए ।
इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई÷दुई विकेट लिए ।
१८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडीहरु रन बनाउन निकै संघर्षरत देखिए ।
लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठुलो बन्यो । यसैगरी कप्तानफिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमिओभर्टन १५ रनमापभेलियनफर्किए । यसैगरी सकिवमहमुदले १२ रन बनाए ।
अस्ट्रेलिया कासिन एबटले ३ विकेट लिँदा एडम जाम्पा र जोस हेजलवुडले दुई दुई विकेट लिए ।
जितसँगै अस्ट्रेलिया ३ खेलको टी–२०आई शृङ्खलामा १–० को अग्रता लिन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण