गणेश बस्नेतलाई सोधपुछ मात्र गर्न खोजिएको हो : साइबर ब्यूरो
काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई नियन्त्रणमा लिन बागबजारस्थित हार्दिक होटलमा पुगेको साइबर ब्यूरोको टोली फर्किएको छ । हार्दिक होटलमा पत्रकारहरूसँग ‘विवाद’ भएपछि इन्स्पेक्टर नेतृत्वको टोली पछि हटेको हो ।
बस्नेतले सञ्चालन गरेको अनलाइन पोर्टलमा प्रसारण भएको भिडियोको विषमा निवेदन परेपछि ब्यूरोले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रेस काउन्सिलको कानुन मिचेर प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेपनि पत्रकारहरूको विरोधका कारण बस्नेत सहभागी कार्यक्रम स्थलबाट प्रहरी फर्किन बाध्य भएको छ । बस्नेतलाई सोधपुछ मात्र गर्न खोजिएको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले बताए । उनले भने, ‘सोधपुछ मात्र गर्न खोजेका हौँ ।’
सोधपुछ गर्न कार्यालयमा बोलाउन सक्ने विकल्प छाडेर ब्यूरोका डीआईजी नबिन्द अर्यालले उनलाई पक्राउ गर्न कार्यक्रमस्थलमा प्रहरी पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण