१९५० यता पहिलो पटक चीनले बढायो सेवा निवृत्तिको उमेर हद

बेइजिङ । चीनले सेवा निवृत्तिको उमेर हद बढाएको छ । वृद्ध जनसङ्ख्याको अनुपात बढ्दै गएको र पेन्सन बजेटको भार चुलिँदै गएपछि त्यहाँको सरकारले सन् १९५० को दशकयता पहिलो पटक सेवा निवृत्तिको उमेर हद बढाएको हो ।
शुक्रबार त्यहाँको शीर्ष विधायक निकायले सेवानिवृत्तिको वैधानिक उमेर शारीरिक परिश्रम पर्ने काम (ब्लु कलर जब)मा महिलाको लागि हालको ५० वर्षबाट बढाएर ५५ वर्षमा पुर्याउँदै छ ।
शारीरिक परिश्रम पर्ने काम (ह्वाइट–कलर जब)मा भने उनीहरूको लागि यो उमेर हद ५५ वर्षबाट बढाएर ५८ वर्षमा पुर्याइँदै छ । पुरुषको उमेर हद पनि ६० वर्षबाट बढाएर ६३ वर्षमा पुर्याइने भएको छ ।
अहिले चीनको सेवा निवृत्तिको उमेर विश्वमै सबैभन्दा न्यूनमा पर्दछ । शुक्रबार पारित भएको योजनाअनुसार परिवर्तित उमेर हद सन् २०२५ को जनवरी १ देखि लागु हुनेछ । त्यसपछि अर्को १५ वर्षसम्म हरेक केही महिनाको अन्तरालमा सेवा निवृत्तिको उमेर हद बिस्तारै बढाउँदै लगेर तोकिएको स्तरमा पुर्याइनेछ ।
वैधानिक उमेर हद अघि सेवाबाट निवृत्त हुन नपाइने चिनियाँ समाचार संस्था सिन्हवाले समाचारमा भनेको छ । तर मानिसहरूले आफ्नो सेवानिवृत्तिको उमेरलाई तीन वर्षभन्दा धेरै बढाउन पनि पाउने छैनन् । चीनको सामाजिक सञ्जालहरूमा यसबारे व्यापक सन्देह र असन्तुष्टि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
बर्दिबासमा मोटरसाइकल चोरीको गिरोह पक्राउ
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता