स्वास्थ्य सेवालाई चुस्त बनाउनुको विकल्प छैन : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । नेपाल औषधी व्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीको आयोजनामा आज बुटवलमा भएको सम्मान एवम् अाैषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्नुको विकल्प नभएको समेत बताए । उनले बुटवललाई स्वास्थ्य हब बनाउनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गरे ।
१२ सय शय्याको अस्पतालले पूर्णता पाएपछि यस क्षेत्रमा अाैषधी व्यवसाय पनि फस्टाउने उनले बताए । मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा समेत राखे ।
औषधी व्यवसायको नाममा हुने लागु औषध कारोबारमा कडाइ गरिने पनि आचार्यले बताए । औषधी व्यवसायी सङ्घका अध्यक्ष खड्गप्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले सरकारी स्तरबाट खाद्यान्न, औषधी र कस्मेटिक ल्याब स्थापना गर्नुपर्ने माग राखे ।
यस्तै दाङ र रुपन्देहीमा औषधीजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेको समेत उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण