भाषा, साहित्यमा योगदान पुर्याउनेलाई राष्ट्रपतिको सम्मान
शनिबार, २९ भदौ २०८१, १७ : ५८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा शनिबार काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गरेका छन् ।
सो अवसरमा राष्ट्रपतिले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारिता मार्फत योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका हुन् ।
उनले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता बिराज भट्ट, खेलाडी दीपक विष्ट, लाइभ देउडीया नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गरेका थिए । राष्ट्रपति पौडेलले सामाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण