कैलालीमा दुई जनासहित ६ जना मृत फेला
आइतबार, ३० भदौ २०८१, १८ : ०५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- खोटाङ, दिप्रुङचुईचुम्मा गाउँपालिका-७ घर भई साकेला गाउँपालिका-३ स्थित सामुदायिक स्वास्थ्य इकाई सेवा केन्द्र खोटाङमा कार्यरत ३१ वर्षीय मणिराज घिमिरे साकेला गाउँपालिका-५ ढकालटारस्थित घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- सङ्खुवासभा, मकालु गाउँपालिका-५ माङसिमा भन्ने ठाउँमा काम गरी बस्दै आएका धनकुटा साँगुरिगढी गाउँपालिका-१० घर बताउने ७० वर्षीय धनकुटे भनेर चिनिने ढक बहादुर राई मकालु गाउँपालिका-५ स्थित घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- म्याग्दी, बेनी नगरपालिका-७ बेनीस्थित कालिगण्डकी नदीको किनारमा सोही नगरपालिका-९ काउलेगौंडा बस्ने ३५ वर्षीया सिता मिजार शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
- कैलाली, टीकापुर नगरपालिका-६ बेलुवोझी बस्ने खुसीराम चौधरीको छोरा ८ वर्षीय आरभ चौधरी घर नजिकै रहेको सडकको नालामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- यसै गरी कैलाली, टीकापुर नगरपालिका-५ दौलतघाटस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- महोत्तरी, सोनमा गाउँपालिका-२ तरारीस्थित बन्तवा सिँचाई बाँधमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश