लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ
बुटवल । नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नियुक्त भएलगत्तै अर्यालले शपथ लिएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा.अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यसलगत्तै उपाध्यक्ष अर्यालले सदस्यमा नियुक्त डा.सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराएका छन् ।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरूले अनुसूची २ बमोजिम ढाँचामा बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरूलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन समेत दिएका छन् ।
आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकाङ्क्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिएका हुन् । पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको जिकिर गर्दै उनले अब दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण