लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

बुटवल । नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नियुक्त भएलगत्तै अर्यालले शपथ लिएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा.अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यसलगत्तै उपाध्यक्ष अर्यालले सदस्यमा नियुक्त डा.सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराएका छन् ।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरूले अनुसूची २ बमोजिम ढाँचामा बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरूलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन समेत दिएका छन् ।
आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकाङ्क्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिएका हुन् । पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको जिकिर गर्दै उनले अब दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी