रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउँछ बताएका छन् ।
काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए ।
‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’, लामिछानेले भने, ‘रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’
उनले सानो लडाइका लागि नआएको भन्दै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको र २०७९ को चुनाव निम्तो कार्डमात्र भएको बताए ।
मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण नभएको लामिछानेको भनाइ छ । ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । लडाई बल्ल सुरु हुदैछ’, लामिछानेले भने, ‘हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन । शान्त विद्रोह गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण