बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मिस नेपाल वर्ल्डलाई राप्रपाले बनायो केन्द्रीय सदस्य

मङ्गलबार, ०१ असोज २०८१, २० : ३८
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ विजेता आश्माकुमारी केसीलाई केन्द्रीय सदस्य बनाएको छ । राप्रपाको नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा पछि केसी पनि केन्द्रीय सदस्य बनेकी हुन् । 

पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएर उत्तीर्ण भएपछि उनी केन्द्रीय सदस्य बनेको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

गत साउनमा सम्पन्न ग्राण्ड फिनालेबाट उनी मिस नेपाल वर्ल्ड–२०२४ विजयी भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप