ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
काठमाडौँ । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।
ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन मङ्गलबार क्यानडा पुगेकी मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारीका साथै क्यानडा सरकारका शिष्टाचार अधिकारीहरूले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण