विश्वको पहिलो १० खर्बपति बन्ने बाटोमा एलन मस्क
वासिङ्टन डीसी । अमेरिकी व्यापारी एलन मस्क छिटै १० खर्ब डलरको मालिक बन्ने बाटोमा छन् । विद्युतीय सवारी साधनदेखि सामाजिक सञ्जाल अनि अन्तरिक्ष अन्वेषण कम्पनीसम्म फैलिएको उनको व्यापार साम्राज्यले उनलाई छिटै विश्वको पहिलो १० खर्ब डलरको मालिक बनाउने छ ।
मस्कले जस्तो खालको व्यावसायिक सफलता पाएका छन् । यसलाई अधिकांशले सबैभन्दा प्रभावशाली र विवादास्पद भन्छन् । विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्लाका हाकिम अहिले नै विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । बलुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार मस्कको नेटवर्थ २ खर्ब ५० अर्ब अमेरिकी डलर छ ।
मस्कको सम्पत्ति सन् २०२७ सम्ममा १० खर्ब डलरमा उक्लिने बाटोमा रहेको इन्फर्मा कनेक्ट एकेडेमीले भनेको छ । बर्सेनि मस्कको सम्पत्ति औसत ११० प्रतिशतका दरले बढिरहेको छ । यसलाई हेर्दा उनी छिटै १० खर्ब डलरको मालिक बन्ने कुरालाई नकार्न सकिन्न । तर यसमा मस्कलाई कडा टक्कर दिनेहरू नभएको भने होइन ।
अमेरिकी कम्प्युटर चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई सन् २०२८ मा १० खर्बपछि बनाउन सक्ने इन्फर्माले भनेको छ । हुआङ एनभिडियाका सीईओ र सह–संस्थापक हुन् । बलुम्बर्ग रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार उनको नेटवर्थ अहिले झन्डै १ खर्ब ४ अर्ब डलर छ । भारतीय व्यापारी गौतम अदानी पनि सन् २०२८ सम्ममा यो हैसियतमा उक्लिने अनुमान गरिएको छ ।
मस्क सो हैसियतमा पुग्छन् कि पुग्दैनन् भन्ने कुरा चाँहि टेस्लाको सफलतामा निर्भर रहनेछ । टेस्लामा मस्कको करिब १३ प्रतिशत शेयर छ । अहिलेको बजार मूल्यका अनुसार यो भनेको ९३ अर्ब डलर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण