१२ जिल्लाका प्रजिअ फेरिए, गृहका ३६ जना कर्मचारीको सरुवा
बुधबार, ०२ असोज २०८१, २० : ३५
काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत ३६ जना कर्मचारीको सरुवा गरिएको छ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरु फेरिएका छन् ।
रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् । डोल्पाको प्रजिअमा रोम बहादुर महत, बझाङमा ओम प्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई सरुवा गरिएको छ ।
मातृका आचार्यलाई मनाङको सीडीओ बनाएर पठाइएको छ । मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने र दैलेखमा नवराज जैसी सरुवा भएका छन् ।
नारायण पाण्डेलाई हुम्ला र विष्णु प्रसाद भुषाललाई मुस्ताङ सरुवा गरिएको छ । रसुवाको प्रजिअमा अर्जुन पौडेललाई पठाइएको छ । रामबहादुर शाहीलाई जुम्ला पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण