पूर्वमहानिरीक्षक राणाको पेन्सनसम्बन्धी रिटमा आज सुनुवाइ
काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिट सुनुवाइ हुने भएको हो ।
गत साउन १८ गते पूर्वमहानिरीक्षक राणाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका उनले आफ्नो निवृत्तिभरण रोकिएकोविरुद्ध रिट दायर गरेका हुन् ।
सो रिटमा साउन १८ गते न्यायाधीश विनोद शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भइ कारण देखाउ आदेश र अन्तरिम आदेशसम्बन्धमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश भएको थियो ।
सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीको सामान किन्ने सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षक राणासहित अन्य संलग्नहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गर्दै राणासहितका विपक्षीलाई दुई वर्ष कैद गर्ने फैसला कायम राखेको थियो भने जरिवाना रकम केही घटाएको थियो ।
कैद सजाय भुक्तान गरिसकेका राणालाई पेन्सन उपलब्ध नगराउन अख्तियारले निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेपछि उनको पेन्सन रोक्का भएको थियो । सोहीविरुद्ध राणाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण