उत्तर कोरिया भागेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय, सेनाबाट बर्खास्त
शनिबार, ०५ असोज २०८१, ०९ : ३५
वासिङ्टन । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो ।
जुलाई २०२३ मा, ट्राभिसलाई गैर-कमिसन अफिसरमाथि आक्रमण र सेना परित्यागको आरोप लगाइएको थियो। तर उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिलले बीबीसीलाई बताए ।
टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर गरिएको थियो । अन्य आरोप खारेज गरिएको थियो ।
ट्राभिस किङ जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भए। उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण