इंग्लिस प्रिमियर लिग : वेष्ट ह्यामविरुद्ध चेल्सीको सहज जीत, म्यानचेष्टर युनाइटेड क्रिष्टल प्यालेससँग बराबरीमा रोकियो
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले वेष्ट ह्यामविरुद्ध ३-० को सहज जीत हात पारेको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीका निकोलस ज्याक्सनले खेलको चौथो मिनेटमै गोल गरेर अग्रता दिलाए । १८ औँ मिनेटमा दोस्रो गोल गरेका उनी खेलका म्यान अफ दि म्याच समेत घोषित भए ।
निकोलस चम्किएको खेलमा चेल्सीका लागि तेस्रो गोल कोल पार्मरले गरे ४७ औँ मिनेटमा । अहिलेसम्म ५ खेलमा ३ जीत पाएको चेल्सी १० अंकसहित अंक तालिका चौथो स्थानमा छ ।
लिग अन्तर्गत पाचौँ चरणका खेलमा शनिबार अष्टन भिल्ला, फुल्हाम र टोटनह्यामले पनि जीत दर्ता गराए ।
अष्टन भिल्लाले वोल्भ्सविरुद्ध, फुल्हामले न्युजकास्टरविरुद्ध तथा टोटनह्यामले ब्रेनफोर्डविरुद्ध समान ३-१ को जीत निकाले ।
क्रिष्टल प्यालेसले म्यान्चेष्टर युनाइटेडविरुद्ध शुन्यको बराबरी खेल्दा साउथम्टम र इप्स्वीचले पनि १-१ को बराबरी खेले ।
५-५ खेल खेल्दा लिग तालिकामा लिभरपुल १२ अंकसहित पहिलोस्थानमा छ । म्यानचेष्टर र अष्टन भिल्ला समान अंकसहित गोल संख्याका आधारमा क्रमश दोश्रो र तेस्रो स्थानमा छन् । चेल्सी र आर्सनल समान १० अंकसहित चौथो र पाचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण