प्रहरीमा वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्नेबारे सहसचिवको नेतृत्वमा समिति गठन
काठमाडौँ । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्न प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले ल्याएको प्रस्तावबारे आइतबार गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, आईजीपी वसन्त कुँवर र महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् ।
प्रधान कार्यालयले छुट्टै ब्युरो बनाउँदा १४२ जना प्रहरी कर्मचारीको नयाँ दबरबन्दी थप्न प्रस्ताव गरेको छ । वित्तीय अपराधका घटना दैनिक बढिरहेको भन्दै प्रहरीले ब्यूरो स्थापना गर्नका लागि सुरुवातमा नै ५० करोड बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरेको छ ।
आइतबारको छलफलपछि गृहमन्त्री लेखकले ब्यूरो स्थापना गर्नेबारे अध्ययन गर्न र सुझाव सहितको प्रतिवेदन दिन समिति गठन गरेका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख छविलाल रिजालको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । रिजाल नेतृत्वको समितिलाई १५ दिनमा ब्यूरो गठन गर्नेबारे राय सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण