एकैपटक ७३ जना कर्मचारी हटायो दैलेखको चामुण्डाविन्द्रासैनीले
आइतबार, ०६ असोज २०८१, २१ : ३५
सुर्खेत । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले एकै पटक ७३ जना कर्मचारी हटाएको छ । आर्थिक वर्ष ०८१/०८२ का लागि असार मसान्तमा म्याद थप गरे पनि एक्कासि ती करार कर्मचारीलाई हटाएको हो ।
पालिकाको आफ्नो आन्तरिक आम्दानी पर्याप्त नभएकोले सेवा, सुविधा दिन नसकिने भएकाले हटाउनुपरेको पालिकाले जनाएको छ । हटाइनेमा पालिकाको विषयगत शाखा, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत करार कर्मचारी रहेका छन् ।
त्यसमा सामाजिक परिचालकदेखि कार्यालय सहयोगीहरू समेत रहेका छन् । असारमा म्याद थप गरेको तर एक्कासि आएर हटाइएको भन्दै कर्मचारीहरूले भने विरोध जनाएका छन् ।
हेर्नुहोस् हटाइएका कर्मचारीहरूको विवरण-




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण