प्रधानमन्त्रीलाई लामिछानेको सन्देश- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेका छन् ।
आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक पक्राउ परेपछि अब प्रहरी आफ्नो पछि लागेको संकेत पाएका लामिछानेले आइतबार राति सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई बसेर संवाद गर्न प्रस्ताव गरेका हुन् ।
रास्वपा सभापति लामिछानेले सरकारले सहकारीपीडितलाई न्याय दिने नियतले नभइ प्रतिसोध राखेको आरोप समेत लगाएका छन् ।
लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, 'न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...।'
प्रधानमन्त्री ओली हाल अमेरिकाको न्यूयोर्कमा छन् । उनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री ओली विदेशमा रहेकै बेला आइतबार गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले सहकारी ठगी सम्बन्धी ससदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थालेको हो ।
प्रहरीले आइतबार दिउँसो लामिछानेका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरी आइतबार साँझ नै कास्की पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
-
यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
-
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
-
पाराग्वेका गोलकिपर ओर्लान्डो गिल : जर्सी बेचेर परिवार पाल्नेदेखि विश्वकपको ‘पेनाल्टी हिरो’सम्म
-
अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
-
चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण