अमेरिकाको भर्जिनियामा विवाह मेला सम्पन्न
भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना भएको विवाह मेला उत्साहपूर्वक सम्पन्न भएको छ । २०२४ मा आयोजना भएको यो मेला छैटौँ संस्करण हो।
आइतबारका दिन आयोजना भएको कार्यक्रम दिउँसो १२ देखि ४ बजेसम्म सञ्चालन भएको थियो । यस वर्ष मनासस सहरको नेपालीहरूद्वारा नै सञ्चालन गरेको विनडम होटल (अतिथि गृह)मा कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालीहरूको जनघनत्व दिनहुँ वृद्धि हुँदै गएकोले यो मेला नेपाली समुदायको लागि आयोजना गरिएको मेलाका प्रमुख विपिन उप्रेतीले बताए । यस वर्ष पनि आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदाय लगायत अन्य समुदायहरूको पनि सहभागिता रहेको थियो ।
मेलाको मुख्य उद्देश्य नै नेपाली उद्यमी र व्यवसायीहरूलाई प्रवर्द्धन गर्नु हो । विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने भएकोले यो मेलाको आयोजना गरिएको आयोजकको भनाई छ ।

यस वर्ष पनि ,सजावटकर्ताहरू,गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष ,दुलहा दुलहीका तयारी कपडाका व्यापारी, नेपाली तथा भारतीय खानाका परिकार, मेहन्दीवाला, नेपाली समुदायलाई चाहिने पण्डितहरूको सम्पर्क, बिहे तथा उत्सवका लागि तस्बिर (फोटो )तथा भिडियोग्राफी (श्रब्यदृश्य)का समेत प्रदर्शनी कक्ष राखिएका थिए ।
मेलाको उद्घाटनका प्रमुख अतिथिको रूपमा निर्मला देवी उप्रेतीले गरेकी थिइन् । ग्यालेक्सी इभेन्ट्स सोलुसनका विपिनराज उप्रेती तथा नेरिशा उप्रेती, डिजे सोलक्रीसका कृष्ण दाहाल ,फोटो पसलका सम्पूर्ण मानन्धर तथा विनडमको संयुक्त आयोजनामा विवाह मेला आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण