प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत भए हुनेरहेछ : उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यसअघि दुई पटक संविधान संशोधन भैसकेको बताए ।
‘दुई पटक संविधान संशोधन नै भइसक्यो, हामीले यसलाई अपरिवर्तनीय मानेका छैनौँ’, पाण्डेले भने, ‘यसलाई परिवर्तन गर्ने ठाउँहरू खोजौँ तर प्रक्रियामा पनि सहमति गरौँ, इस्युमा पनि सहमति गरौँ ।’
उनले संविधान निर्माणका बेला प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ को सदस्य बनाउनुपर्छ भन्ने आफ्नै प्रस्ताव रहेको पनि बताए ।
त्यसक्रममा पाण्डेले प्रदेश सांसद कति बनाउने भन्ने बहसमा एक बराबर दुई भनेर प्रस्ताव गरेपछि त्यही पास भएको बताए । उनले प्रदेश सभामा प्रदेश सांसदको २० प्रतिशत मन्त्री हुन पाउने प्रस्ताव पनि आफूले गरेको भएपनि त्यो धेरै भएको अहिले महसुस भएको बताए ।
‘प्रदेशको मन्त्री कति बनाउने भन्ने कुरामा २० प्रतिशत प्रस्ताव राख्ने मान्छे म हुँ । तर धेरै भएछ’, उनले भने, ‘प्रदेशमा १० प्रतिशत गर्नुपर्ने रहेछ । प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत गरेको भए टाइट हुन्थ्यो, धेरै मान्छे मन्त्री बन्न पाउँदैन थिए ।’
पूर्वमन्त्री समेत रहेका पाण्डेले यस्ता धेरै पक्षमा संविधान संशोधन गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण