प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत भए हुनेरहेछ : उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधान अपरिवर्तनीय नहुने भन्दै संशोधन गर्ने विषयहरू धेरै भएको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यसअघि दुई पटक संविधान संशोधन भैसकेको बताए ।
‘दुई पटक संविधान संशोधन नै भइसक्यो, हामीले यसलाई अपरिवर्तनीय मानेका छैनौँ’, पाण्डेले भने, ‘यसलाई परिवर्तन गर्ने ठाउँहरू खोजौँ तर प्रक्रियामा पनि सहमति गरौँ, इस्युमा पनि सहमति गरौँ ।’
उनले संविधान निर्माणका बेला प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ को सदस्य बनाउनुपर्छ भन्ने आफ्नै प्रस्ताव रहेको पनि बताए ।
त्यसक्रममा पाण्डेले प्रदेश सांसद कति बनाउने भन्ने बहसमा एक बराबर दुई भनेर प्रस्ताव गरेपछि त्यही पास भएको बताए । उनले प्रदेश सभामा प्रदेश सांसदको २० प्रतिशत मन्त्री हुन पाउने प्रस्ताव पनि आफूले गरेको भएपनि त्यो धेरै भएको अहिले महसुस भएको बताए ।
‘प्रदेशको मन्त्री कति बनाउने भन्ने कुरामा २० प्रतिशत प्रस्ताव राख्ने मान्छे म हुँ । तर धेरै भएछ’, उनले भने, ‘प्रदेशमा १० प्रतिशत गर्नुपर्ने रहेछ । प्रदेशमा मन्त्रीको संख्या १० प्रतिशत गरेको भए टाइट हुन्थ्यो, धेरै मान्छे मन्त्री बन्न पाउँदैन थिए ।’
पूर्वमन्त्री समेत रहेका पाण्डेले यस्ता धेरै पक्षमा संविधान संशोधन गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य