हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ : गगन थापा
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ, एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ ।’ यसरी समय खेर फाल्नु नहुने तर्क उनको छ । ८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक सङ्गठन नै नभएको बताउँदै थापाले अब यसलाई सुधार गरेर लैजानुपर्ने बताए ।
सङ्घीयताको विषयमा उनले कागजमा सङ्घीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताए । ‘हामी ठिक तरिकाले हिँड्न सकेका छैनौँ, केन्द्रले पनि ससाना बाटो बनाइरहेको छ । त्यही बाटो प्रदेशले पनि बनाइरहेको छ,’उनले भने, ‘यो अवस्था सुधार गरेर लैजानुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण