‘नजरका इशारा’ गजलमा राज र हेनाको रोमान्स
मङ्गलबार, ०८ असोज २०८१, १४ : ५८
काठमाडौं । गजल गीत ‘नजरका इशारा’ सार्वजनिक भएको छ । किरण रिजाल शब्द, शशी विक्रम थापाको संगीत रहेको गीतमा कमल विष्टको स्वर छ ।
गीतमा युवा–युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियो राज पौडेल र हेना नगरकोटीले अभिनय गरेका छन् ।
नारायण मगरको निर्देशन रहेको भिडियो निर्देशक आफैले सम्पादन गरेका हुन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण