रौतहटमा ४ साइकलसहित अवैध सालको काठ बरामद
बुधबार, ०९ असोज २०८१, १० : ५६

रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमान्डमा गएको गस्ती टोलीले मंगलवार साँझ चन्द्रपुर ४ जङ्गल टोल स्थित अवैध रूपमा जङ्गलबाट चोरी निकासी गरी ४ वटा साइकलमा १२ वटा सालको फल्ली ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो।
प्रहरीको गाडी देखि साइकल र काठ छाडी मानिसहरू फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।
बरामद २० क्युफिट भन्दा बढी काठ र साइकल नियन्त्रणमा मानिसहरू खोजी तथा थप बुझ्ने कार्य भइरहेको र काठ तथा साइकल आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म