गल्छीमा पहिरोले कार पुरियो, ४ जनाको उद्धार
बिहीबार, १० असोज २०८१, २० : ५६

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर–४ स्थित चिरौदीमा पहिरोले कार पुरेको छ । कारमा सवार चालकसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।
पृथ्वी राजमार्ग अन्तर्गत चिरौदिमा ग.२च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो । कारमा सवार काठमाडौँका चन्द्रागिरि बस्दै आएका धर्म महर्जन, जयकृष्ण श्रेष्ठ र ५८ वर्षीय करण प्रकाश शाहीको बैरेनी अस्पतालमा उपचार हुँदै छ । कार चालको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट