युरोपा लिग फुटबल : १० खेलाडीमा सिमित टोट्टनहामले सजिलै हरायो काराबागलाई
काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति सम्पन्न खेलमा इङ्लिस क्लब टोट्टनहामले रोमाञ्चक जित हासिल गरेको छ । खेलको प्रारम्भमै १० खेलाडीमा समेटिएको टोट्टनहामले अजरबैजानको क्लब काराबागलाई ३–० गोलले पराजित गरेको हो ।
खेल सुरु भएको सातौँ मिनेटमै टोट्टनहामका रोमानियन डिफेन्डर राडु ड्रागुसिन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि पुरै समय टोट्टनहामले केवल १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो । यति हुँदा पनि टोट्टनहामले खेल आफ्नो पकडमा राखेको थियो ।
टोट्टनहामल खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । निर्धारित समयको १२औँ मिनेटमा टोट्टनहामका लागि ब्रेनन जोन्सनले पहिलो गोल गरेका थिए । निर्धारित समयको ५२औँ मिनेटमा पेपे सरले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
यसैगरी, खेलको ६८औँ मिनेटमा डोमिनिक सोलाङ्केले गोल गरेपछि टोट्टनहामले सजिलो जित हात पारेको थियो । टोट्टनहामले अब इङ्लिस प्रिमियर लिगमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
यसैगरी, युरोपा लिगको अर्को खेलमा डच क्लब आयाक्सले टर्कीको क्लब बेसिकट्समाथि ४–० गोलको सजिलो जित हासिल ग¥यो । इटालियन क्लब रोमा भने स्पेनिस प्रतिद्वन्द्वी एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो । फ्रान्सेली क्लब लियोनले ग्रिसको ओलम्पियाकसलाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण