फ्राइडे रिलिज : ‘सानो संसार’ भर्सेस ‘आँखा’
काठमाडौँ । शुक्रबारदेखि फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका छन् । फरक फरक कथामा बनेका यी दुई फिल्म देशभर एकसाथ रिलिज भएका हुन् ।
दुवै फिल्मको कथा भने फरक छन् । ‘सानो संसार’ मध्यम वर्गीय परिवारको कथामा निर्माण भएको हो भने ‘आँखा’ले बागमती नदी किनारको सुकुम्वासी बस्तीको कथा उठाएको छ । दुवै फिल्मले दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ ।
‘सानो संसार’
अर्जुन कुमारले निर्माण गरेको ‘सानो संसार’ले एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र सङ्घर्ष मर्मस्पर्शी रूपमा उठाएको छ । फिल्मको बुधबार साँझ प्रिमियर समेत भएको थियो । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ ।
‘आँखा’
स्मिता लामिछानेको निर्माण रहेको फिल्म ‘आँखा’मा सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौँ महानगरबिचको रस्साकस्सी देखाइएको छ । जौन योन्जन निर्देशित फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ । फिल्ममा बालकलाकारको भूमिकामा प्रसन राई छन् ।
नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको फिल्म कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण