आन्दोलन जारी राख्ने बारको निर्णय
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली नसच्चाएसम्म आन्दोलनका कार्यक्रम यथावत् रहने बताएको छ। शुक्रवार विरोधकै बिचमा न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्ति गरेपछि बसेको बारको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको महासचिव अञ्जीता खनालले जानकारी दिइन् ।
बारले केही दिन अघि विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । बारले न्याय परिषद् नियमावली मार्फत कर्मचारीबाट न्यायाधीश भएकाहरूलाई बरीयतामा अगाडी राखेको भन्दै विरोध गर्दै आएको छ। बारको आन्दोलनपछि प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रैष्ठले कार्यदल पनि गठन गरेका थिए । वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन भएको थियो ।
उक्त कार्यदलमा बारका तर्फबाट अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव खनाल रहेका थिए भने परिषदबाट रामप्रसाद भण्डारी र सचिव यमबहादुर मुढामगर थिए । समितिले फरक फरक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन पछि प्रधान न्यायाधीश श्रेष्ठले परिषद्को बैठक राखेर सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
उक्त सिफारिसको विरोध गर्दै बारले आन्दोलनका कार्यक्रम यथावत् रहेको भनी आफ्ना सदस्यहरूलाई जानकारी गराएको हो । बारले कस्तो आन्दोलन गर्छ अब आइतबार देखिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण