हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिकमार्ग अवरुद्ध
मकवानपुर । शुक्रबार बिहानदेखि निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने दुईवटा वैकल्पिक मार्गमा पहिरो खसेर अवरुद्ध भएपछि त्रिभुवन राजपथ भएर यात्रा गर्न दिइएको छ ।
पहिरोले हेटौँडा–कुलेखानी–काठमाडौँ सडक र कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यी दुवै सडकमा बिहान पहिरो खस्दा एकतर्फी सञ्चालन गरिएको थियो ।
मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार हेटौँडा–कुलेखानीको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा अपराह्न ४ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरोध भएको छ ।
प्रवक्ता सापकोटाका अनुसार कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ आँपचौर र लाम्राङ भन्ने ठाउँमा दिउँसो २ बजे पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
शुक्रबार साँझदेखि हेटौँडा¬–काठमाडौँ यात्रा गर्ने सवारीसाधनलाई त्रिभुवन राजपथबाट मात्र आवतजावत गर्न दिइएको छ । सुरक्षाका कारण देखाएर भीमफेदी–कुलेखानी सडकमा यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण