सप्तकोशीको पानीको बहाब प्रतिसेकेण्ड ५ लाख ३१ हजार क्यूसेक पुग्यो, कोशी ब्यारेजबाट सम्पूर्ण आवतजावत बन्द
विराटनगर । सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम अझै जारी छ । अलिहे भर्खरको मापनअनुसार पानीको बहाब प्रतिसेकेन्ड ५ लाख ३१ हजार क्यूसेक पुगेको छ । यस्तै कोशी ब्यारेजका ५६ वटै ढोका खुलेका छन् भने सवारी साधन तथा मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गरिएको कोशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोली अहिले कोशी ब्यारेज क्षेत्रको अनुगमनमा पुगेको छ । यसैबीच बराहक्षेत्र ६ र ९ नम्बर वडामा फसेका ३४ जनाको उद्धार हुन अझै सकेको छैन । कोशीटप्पु एरियामा पुगेका उनीहरु पानीको बहाब बढेसँगै फर्किन सकेका थिएनन् । उनीहरुको उद्धारको लागि केन्द्र सरकारसँग समन्वय भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
बराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् । बिहानैदेखि उनीहरुको उद्धारको प्रयास गरिएपनि अहिलेसम्म नसकिएको प्रहरीले जनाएको छ । बराहक्षेत्र ६ ठाकुरीवारी स्थित कोशिको बिच टाप्पुमा भैंसी पालन गरी बस्ने गरेका उनीहरु त्यही अलपत्र परेका हुन् । उनीहरुको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण