उद्धारका लागि १० हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन
काठमाडौँ । विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीले १० हजार ५ सयभन्दा बढी सुरक्षा फौज परिचालन गरेको छ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लाहरूमा भएको घटनाहरूमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीले १० हजार ५ सय ४० जना जनशक्ति परिचालित गरेको हो ।
सशस्त्र प्रहरीले बाढी, पहिरो र डुबानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरिएको जनाएको छ भने ७६ जनाको मृत्यु, ७२ जना बेपत्ता, ३६ जना घाइते भएको जनाएको छ । सशस्त्र प्रहरीका अनुसार १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।
उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करिब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको समेत सशस्त्र प्रहरीले जनाएको छ । उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना बेपत्ता र १५ जना घाइते भएको समेत सो सङ्गठनले जनाएको छ ।
यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको समेत प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले कोसीमा १० जनाको मृत्यु, ९ जना बेपत्ता र २ जना घाइते भएको जनाएको छ ।
मधेस प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको समेत जनाएको छ । मधेसमा १० स्थानमा भौतिक क्षति र १ जना बेपत्ता भएको सशस्त्रले जनाएको छ ।
यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको समेत सशस्त्र प्रहरीले जनाएको छ । बागमतीमा २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना बेपत्ता भएको सो सङ्गठनले जनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढीमा परी २ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण