प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय वीरगन्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै, मानवजीवन रक्षाका लागि अत्यावश्यक रगत सङ्कलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे ।
बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण