सशस्त्र प्रहरीका दुई बसले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउने
आइतबार, १३ असोज २०८१, १८ : ४४
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका दुई बसले झ्याप्ले खोलाको पहिरोले अलपत्र परेका यात्रुहरूलाई काठमाडौँसम्म ल्याउने भएका छन् । आइतबार सूचना जारी गर्दै सशस्त्र प्रहरी ले अलपत्र यात्रुलाई दुई वटा बसबाट काठमाडौँसम्म ल्याउने जनाएको हो ।
त्यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोल खटाएको जनाइएको छ । ४० सिट क्षमताका दुई वटा बसले झ्याप्ले खोलाबाट काठमाडौँसम्म ल्याउने सशस्त्र प्रहरीले जनाएको छ ।
धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएका ३५ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण