सप्तकोशी ब्यारेजबाट आवत–जावत खुला
विराटनगर । पानीको बहाव उच्च हुँदै गएपछि शनिबार साँझदेखि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ ।
ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव ६ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवत–जावत गर्न शनिबार बेलुका ४ बजेदेखि अनिश्चित कालका लागि बन्द गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव कम भएको र ब्यारेजमा थुप्रिएको फोहोर सफा गरिसकेको कारण आइतबार साँझदेखि आवतजावत खुल्ला गरिएको बताए ।
साँझ गरिएको पानीको मापन अनुसार सप्तकोशीमा अहिले ३ लाख ५० हजार क्युसेक पानीको बाहब रहेको छ । आइतबार बिहान पानीको बहाव ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । त्यसपछि निरन्तर पानीको बहाव घटिरहेको छ ।
यसैबिच अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिबार बिहानदेखि फसेकाहरु सकुशल रहेका छन् । वराहक्षेत्र २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदीक्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरु शनिबार कोशीमा पानी बढेसँगै त्यही अड्किएका थिए । उनीहरुको अवस्थाबारे नेपाली सेनाको टोलीले आज बिहानै बोटबाट त्यहाँ पुगेर बुझेको थियो । उनीहरु शनिबार भने उनीहरुको उद्धार हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण